हेटौंडाको गुम्बाडाँडा फूलको बगैचा बन्दै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेको गुम्बाडाँडा परिसरलाई फूलै फूलको बगैचा बनाएर सजाउन सुरु गरिएको छ । गुम्बाडाँडालाई पर्यटकिय स्थलको रुपमा बिकाश गर्नका लागि फूलको बगैचा बनाइएको हो ।
गुम्बाडाँडामा पहिले वरिपरी बनमाराको झाडी थियो । देख्दै डरलाग्ने र अन्धकार जस्तो देखिन्थ्यो । अहिले सबैतिर फाँडेर हरिया रुख, त्यसको बीच खाली स्थानमा फूलको बगैचा हेर्न सकिने बनाइएको हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँले बताउनुभयो । गुम्बाडाँडामा अब मुर्तिमात्र हेर्ने भन्दा पनि फूलको बगैचामा घुमेर आन्तरिक पर्यटकलाई घुम्ने वातावरण तयार पारिएको उहाँले बताउनुभयो ।
गुम्बाडाँडालाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्नका लागि हेटौंडा १० का पूर्ब पत्रकार सन्तोष न्यौपानेले काम गर्दै आउनुभएको छ । बगैचाको डिजाइन तयार गर्ने, फूल रोप्दै पनि सजाउने लगायतका काम गर्दै आएको न्यौपानेले बताउनुभयो ।
यसबर्षबाट सुरु गरिएको बगैचा निर्माणको काम बषै पिच्छे निरन्तर्ता दिने तयारी गरिएको छ । यसमा पर्यटकिय क्षेत्रका लागि पूर्बाधार निर्माण गर्ने, बगैचा निर्माण गर्ने काम अगाडी बडाइएको हो । अहिले भने पिकनिक स्पोर्ट पनि तयार पारिएको छ । अब पिकनिक खानका लागि गुम्बाडाँडामा पाँच वटा स्पट तयार गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।