चालक अनुमतिपत्रको वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने

जनपत्र
३१ जेष्ठ २०७९, मंगलवार १०:०४

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।

वर्ग थपको लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।

https://applydl.dotm.gov.np मा लगइन गरी फारम भर्न सकिने विभागले जनाएको छ ।

यसअघि विभागले नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । अब वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*