धर्मेन्द्र सेवानकाे गीतमा नम्रताकाे अभिनय

जनपत्र
२८ जेष्ठ २०७९, शनिबार ०९:१९

गायक धर्मेन्द्र सेवानको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ ।

गायक धर्मेन्द्रले स्वयमको स्वर रहेको छ । गीत सुन्दा रमाईलो लाग्छ । झ्याऊरे शैलीको गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्।

भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगायतको पनि अभिनय रहेको छ । सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

विहिबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ । भिडियोलाई स्रोता दर्शकले प्रतिक्रिया राम्रो दिएका छन् । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक धर्मेन्द्रले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*