प्रदेश २ सरकारले अति विपन्न ८० परिवारका लागि घर निर्माण गर्दै

जनपत्र
५ असार २०७६, बिहीबार १८:२६

देश २ सरकारले जनता आवास कार्यक्रम’ अन्तर्गत जनकपुरधाममा मुसहर परिवारका लागि ८० घर निर्माणका लागि काम थालेको छ । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ८० घर परिवारका लागि २ कोठे भवन निर्माणका लागि आज शिलान्यास गरेका हुन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित बसहियामा मुसहर, हलखोर, डोम लगायत अति विपन्न समुदायको स्थायी बसोबासका लागि सो अभियान सुरु भएको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री सोनलले प्रदेश नम्बर २ मा मुसहर, डोम, मेस्तर जाती र समुदायका लागि विशेष योजना ल्याएर घर निर्माण गर्न लागेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*