‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच सहमति

जनपत्र
१७ जेष्ठ २०७९, मंगलवार १९:५४

काठमाडौंस्थित सिभिल मलको क्यूएफएक्स हलमा अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार भएको घटनामा सहमति भएको छ ।

आरोपी मुगुका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसँग माफी मागिसकेको जनाउँदै दुवैले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

घटना हुँदा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदायप्रति पर्न गएको असरप्रति अभिनेत्री मगरले क्षमायाचना गरेकी छन् ।

प्रदर्शनरत चलचित्र ‘कबड्डी ४’का दर्शकसँग साक्षात्कार गर्ने क्रममा गत आइतवार सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी मिरुनाले आफूमाथि अभद्र दुव्र्यवहार भएको बताएकी थिइन् ।

घटनापश्चात मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपश्चात प्रहरीले मुगु स्थायी घर भएका फुर्पा तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका तामाङ मंगलवार रिहा भएका छन् । रिहा भएपश्चात चलचित्र ‘कबड्डी ४’को टीमको रोहबरमा २ पक्षबीच सहमति भएको छ ।

दुवै पक्षका अभिभावकले छलफल गरेर आगामी दिनमा विवाद नगर्ने, एकअर्कालाई अनावश्यक टीकाटिप्पणी नगर्ने सहमति गरेका छन् ।

यस्तो छ सहमतिपत्र –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*