दस अर्बको नोट भित्रिँदै

जनपत्र
५ असार २०७६, बिहीबार ०६:१५

नेपाल राष्ट्र बैंकले आउँदो साता रू. १० अर्ब १५ करोड बराबरका कागजी नोट भित्र्याउने भएको छ । बैंकले यसपटक रू. १ हजार दरका २ करोड ५० लाख थान नोटका साथै रू. ५, १०, २०, ५० र १ सय दरका नोट भित्र्याउन लागेको हो ।

राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठका अनुसार रू. ५ को १५ करोड थान, रू. १० को ५ करोड थान, रू. २० को ७ करोड थान, रू. ५० को र रू. १ सयको ५/५ करोड थान ल्याउन लागिएको हो । यीमध्ये रू. १० को नोट भारतमा छापिएको उनले बताए । इन्डोनेसियामा छापिएका ती नोट भारतको कोलकाता पोर्टमा आइपुगेकाले आउँदो साता नेपाल भित्रिने राष्ट्र बैंकका अधिकारीले बताए ।

यसै गरी राष्ट्र बैंकले चाँडै नै रू. १ का २० करोड थान सिक्का ल्याउन लागेको जानकारी दिँदै उनले रू. २ का २० करोड थान सिक्का केही अघि ल्याइएको बताए । उनले अघिल्लो दशैंतिहारमा जस्तो नोटको संकट नपरोस् भनेर यसपटक चाँडै भित्र्याउन लागेको बताए । राष्ट्र बैंक स्रोतका अनुसार भित्र्याउन लागिएको नोटमा राजाको तस्बिर रहनेछैन भने कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरको हस्ताक्षर हुनेछ ।

उनका अनुसार रू. ५ सय दरका नोट आगामी ६ महिनाका लागि पुग्ने भए पनि थप नोट छाप्न असारभित्रै टेन्डर आह्वान गर्ने प्रक्रिया सुरु गरिसकिएको छ । सात महिनाअघि रू. ५ सय दरका नोट २ करोड थान भित्र्याएको थियो । श्रेष्ठका अनुसार अहिले नेपालमा रू. एक खर्ब १० अर्ब बराबरको कागजी नोट ग्लोबल टेन्डर गरी छपाई गर्न नेपाल सरकारको योग्यता सूचीमा परेका ११ देशमध्ये कुनै एउटा देशको कम्पनीले छाप्ने पनि उनले बताए ।

अभियसान डट कमबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*