सुरक्षा पन्तले कान्सको रेड कार्पेटमा लगाएको पहिरन आकर्षक १५ को सूचीमा
नेदरल्यान्ड्सको एक स्थानीय अनलाइन सञ्चारमाध्यमले गत शुक्रबार एक समाचार प्रकाशन गर्यो। ‘ब्युटी एन्ड फेसनु विधामा प्रकाशित उक्त समाचार यसपालिको कान्स फिल्म फेस्टिभलमा उपस्थित सेलेब्रेटीहरूले लगाएको पहिरनबारे छ।
कान्सको रेड कार्पेटमा आकर्षक पहिरन लगाउने संसारभरका १५ महिला सेलेब्रेटीको उक्त सूचीमा नेपाली अभिनेत्री सुरक्षा पन्त पनि परेकी छन्।
सुरक्षाले फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ मा सानो भूमिका निर्वाह गरेकी थिइन्। गत बुधबार कान्समा यो फिल्मको प्रिमियर थियो। यही फिल्मको प्रतिनिधित्व गर्दै उनी फ्रान्स पुगेकी हुन्।