फेसबुकमा फोटो शेयर गर्दा सुन्दरी डाक्टरको जागिर चट्

जनपत्र
४ असार २०७६, बुधबार ०६:३७

म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको हो । २८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकमा सेक्सी तस्वीरहरु हाल्ने गर्दथिन् । अन्ततः उनको यो बानी प्रत्युत्पादक बनेको हो । आफ्नो लाइसेन्स रद्द गर्ने मेडिकल काउन्सिलको निर्णयको उनले विरोध गरेकी छन् । उनले आफ्नो स्वतन्त्रताको हनन गरिएको गुनासो गरेकी छन् । तर, उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको ठहर मेडिकल काउन्सिलले जनाएको छ ।

कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर आइन्दा फेसबुकमा पोष्ट नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिएको थियो । तर, उनले मानिनन् । अस्पतालमा आफूले डाक्टरकै पहिरन लगाउने र निजी जीवनमा आफूले चाहे जस्तो कपडा लगाउने उनको अडान थियो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*