स्थानीयद्वारा समता स्कुल र समता अस्पताल दुबै तोडफोड

जनपत्र
४ असार २०७६, बुधबार ०६:२२

राजधानीको बौद्धस्थित स्कुल र समता अस्पताल तोडफोड गरिएको छ । समता अस्पतालको बाहिरबाट ताला र भित्र त्यही सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा फेला परेपछि आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन्  । मृतकको खल्तीमा कागजको चिर्कटो फेला परेको र आत्महत्या नभई हत्या भएको आफन्तको भनाई छ ।  प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको छ ।

अहिले पनि अस्पतालमा दुई सय प्रहरी तैनाथ छन् । ओपीडी मात्र रहेको अस्पताल पूर्णरूपमा बन्द छ । दुई सय मिटरको दूरीमा रहेको समता स्कुल  पनि आक्रोशित स्थानीयले तोडफोड गरेका हुन् । झन्डै हजार विद्यार्थीको पठनपाठन अनिश्चित बनेको छ।

मृतकको साथमा भेटिएको कागजको टुक्रा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*