जब इजलासमा गाईलाई उभ्याएर न्यायाधीशले फैसला सुनाए…

हामीले वादी प्रतिवादी, साक्षी आदिको रुपमा मान्छेहरु नै अदालतमा उपस्थित भएको वा पेश गरिएको देखेका छौँ । तर यो दुनियामा मान्छे मात्र होइन, गाईलाई पनि अदालतमा उपस्थित गराइन्छ । भारतको राजस्थानमा हालै यस्तै भएको छ ।राजस्थानको जोधपुरस्थित अदालतमा गाईलाई उपस्थित गराएका बखत न्यायाधीशले फैसला सुनाएका छन् ।
त्यसपछि उनले सो गाईको नजिकै आफुलाई मालिक दाबी गर्ने दुबैजना वादी प्रतिवादीलाई उभ्याए । त्यसपछि उनले पालैपालो गाईलाई समाएर घुमाउन तथा सुम्सुम्याउन लगाए । उनले दुबै जनाप्रति गाईले देखाउने प्रतिक्रियालाई निकै गम्भीर ढंगले हेरे । अदालतमा दुबै पक्षको बयान पनि लिइयो । गाईको भौतिक पहिचानीकरण समेत गरिएको थियो । यी सबै प्रक्रिया पश्चात् न्यायाधीशले आफ्नो फैसला सुनाए । जस अनुसार उक्त गाईका वास्तविक मालिक ओमप्रकाश रहेको ठहर गर्दै उक्त गाई ओमप्रकाशलाई हस्तान्तरण गर्न समेत अदालतले आदेश दिएको छ ।
एजेन्सीको सहयोगमा