‘दी भ्वाइस’को कोच सिटमा राजु लामा र आस्था राउतको इन्ट्री, अभया र सनुप आउट

गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन २ मा कोचको रुपमा राजु लामा र आस्था राउतको इन्ट्री भएको छ। गत वर्ष देखि नेपालमा सुरु भएको रियालिटी सो दी भ्वाइसको दोस्रो संस्करणमा पहिलो संस्कारका कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बाको स्थानमा राजु लामा र आस्था राउतलाई इन्ट्री गराइएको हो।
पहिलो सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण भएको यो सो दोस्रो सिजन हिमालय टेलिभिनबाट प्रशासन हुने भएको छ। पहिलो सिजनमा रहेका कोचहरु प्रमोद खरेल र दीप श्रेष्ठले निरन्तरता पाएका छन्। सिजन २ को ब्लाइन्ड अडिसनको सुटिङ बुधबारबाट सुरु हुने आयोजकले जनाएको छ। झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा विभिन्न छनौट चरण पार गरी १ सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
भ्वाइसको दास्रो सिजनलाई युनाइटेड सिमेन्टले टाइटल स्पोन्सर गरेको छ। त्यस्तै एनआईसी एसिया बैंक र आइउनजी ग्रुपले सहप्रायोजन गरेका छन्। त्यस्तै केएनपी जापान पेन्ट्स र हिमालय हर्बल सहायक प्रायोजकका रुपमा अनुबन्धन भएका छन्। सोमबार अनुबन्धन सम्बन्धी सम्झौतापत्रमा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र प्रायोजक प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए। कार्यक्रम साउनको पहिलो सातादेखि शुक्रवार र शनिवार साँझ ८ बजे प्रशारण हुने छ।