आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई हरायो

जनपत्र
२९ बैशाख २०७९, बिहीबार ०७:२९

इण्डियन प्रिमिर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स ८ विकेटले विजयी भएको छ।

गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा भएको खेलमा राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले ११ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो। दिल्लीका मिचेल मार्सले ६२ बलमा ८९ रनको महत्त्वपूर्ण योगदान गरे। डेबिड वार्नर ५२ र कप्तान रिसव पन्त १३ रनमा नटआउट रहे।

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो। रविचन्द्रन आश्विनले ५० रनको अर्धशतकीय पारी खेले। देवदत्त पाडिक्कलले ४८ र एसास्भी जैसवालले १९ रन बनाए।

जितसँगै १२ खेलबाट १२ अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौँ स्थानमा र १२ खेलबाट १४ अंकसहित राजस्थान तेस्रो स्थानमा यथावत् छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*