घट्यो इन्धनको मूल्य, अब कतिमा पाइन्छ ?

जनपत्र
२ असार २०७६, सोमबार ०६:२७

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै अहिले स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०८ रुपैयाँ हुनेछ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम हुनेछ । नयाँ मूल्य आइतबार मध्य रातिबाट लागू हुने निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले हरेक महिनाको १६ तारिखमा इन्डियन आयल कर्पोरेसनले पठाउने स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलको मूल्य घटाइएको जानकारी दिए । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य ११० रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*