‘ए मेरो हजुर ४’को व्यापार ६ करोड नजिक

जनपत्र
१८ बैशाख २०७९, आईतवार ०७:१४

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’को दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । प्रदर्शनको पहिलो हप्ता घरेलु बक्सअफिसमा ४ करोड १ लाख कमाएको फिल्मले दोस्रो हप्तामा १ करोड ५ लाखको व्यापार गरेको निर्माण टिमद्वारा जारी रिपोर्टमा उल्लेख छ । पहिलो र दोस्रो हप्ताको कलेक्सन प्लस गर्दा फिल्मले दुई हप्तामा ५ करोड ६ लाखको कमाई गरेको छ ।
पहिलो हप्ता आक्रामक कमाएको फिल्मले दोस्रो हप्ता सन्तोषजनक व्यापार गरेको देखिन्छ । दर्शकको चापअनुसार मल्टीप्लेक्समा शोज नबढ्नुले पनि फिल्मले दोस्रो हप्तामा कमाईमा उछाल ल्याउन नसकेको हो । यद्यपि, साउथ फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा बलियो पकड बनाइरहँदा पनि फिल्मले दुई हप्तामा ५ करोड ६ लाखको व्यापार गर्नुलाई बम्पर मान्न सकिन्छ ।
बिहीवारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मले अब बक्सअफिसमा जादू चलाउने सम्भावना छैन । यसकारण फिल्मको लाइफटाइम कलेक्सन ६ करोडको आसपास टुंगिने देखिन्छ । यो फिल्मले ‘केजीएफ २’का कारण अघिल्ला दुई सिरिजको लाइफटाइम कलेक्सनलाई समेत छुन नसक्ने देखिएको छ । तर, फिल्मले घरेलु बक्सअफिसबाटै लगानी भने सुरक्षित गरेको छ ।
सुनिल कुमार थापा निर्मित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि। गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको कथा झरना थापा र स्वं। छेतन गुरुङले मिलेर लेखेका हुन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*