‘केजीएफ २’ले विश्वभर कमायो हजार करोड

जनपत्र
१८ बैशाख २०७९, आईतवार ०७:१३

बलिउड फिल्मका लागि बक्सअफिसमा २५र३० करोड कमाउन पनि मुश्किल परिरहेको समयमा साउथ फिल्मले भने कमाईमा एकसेएक रेकर्ड बनाउँदै गएका छन् । ‘पुष्पा’ र ‘आरआरआर’पछि १४ अप्रिलमा प्रदर्शनमा आएको साउथ फिल्म ‘केजीएफ २’ले सफलताको नयाँ बेन्चमार्क बनाएको छ । फिल्मले प्रदर्शनको तेस्रो हप्तामै हिन्दी भर्सनमा ३५० करोड कमाउन सफल भएको छ ।

त्यस्तै, फिल्मले वर्ल्डवाइड बक्सअफिसमा एक हजार करोड कमाउँदै नयाँ कीर्तिमानी बनाएको छ । योसँगै ‘केजीएफ २’ एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बनेको छ । यसअघि ‘दंगल’, ‘बाहुबली २’ र ‘आरआरआर’ले यो आँकडा छोएका थिए । अब यो फिल्म भारतीय बक्सअफिसमा ‘दंगल’ र ‘बाहुबली २’ले गरेको लाइफटाइम कलेक्सनलाई उछिन्ने दौडमा निस्किएको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएका दुई बलिउड फिल्म ‘रनवे ३४’ र ‘हिरोपन्ती २’को असर ‘केजीएफ २’लाई खासै परेको छैन । बरु, यशको फिल्मले दुई बलिउड फिल्मको व्यापार चौपट बनाएको छ । यो फिल्मले इदमा थप आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । प्रशान्त नीलद्वारा निर्देशित फिल्ममा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राजको अभिनय छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*