मकवानपुर मनहरीकी रेनुका मोक्तानको कुबेत पीडाः ‘पैसा तिरेर प्रहरीलाई पक्राउ गर्न लगाए, अनी मात्र नेपाल फर्के’

दिपक सिंह रुम्बा
३२ जेष्ठ २०७६, शनिबार ०७:३२

हेटौंडा । घरको आर्थिक अवस्था कमजोर भएपछी बिदेश गएर पैसा कमाउने सपना सबैको हुन्छ । यही सपना बुन्दै मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –३ रातोमाटेकी रेनुका मोक्तान घरमा आर्थिक श्रोत नभएपछि बिदेश पुग्नुभयो ।

उहाँमात्र होईन । धेरैको सपना पुरा गर्ने आधार बनेको छ परदेश । कसैको लागि खुसीको आधार बनेको छ त कसैको लागि पिडाको स्रोत बनेको छ परदेश । परदेश सुन्दैमा बिरानो बनेको छ । आफ्नै गाउँका मान्छे त सबै आफ्नो हुँदैन भने परदेशको मान्छे सबै आफ्नो हुन्छ भन्ने कहाँ छ र ? कमजोर आर्थिक अबस्था र बेरोजगारका कारण ठुलो सपना बोकेर घर परिवार र आफ्नो खुसीको लागि परदेश जानु परेको छ । कतिपय रोजगारीकै शिलसिलामा बेचिएका र ठगिएका छन ।

त्यसैगरि कतिपय कामको सिलसिलामा बिदेश पुग्दा बाकसमा सव आएका घटना धेरै छन् । बिडम्बना यस्तो हुँदापनि नेपलीहरु परदेश जानुको बिकल्प देख्दैनन् । परदेशमा धेरेले दुख पाएका छन । रोगारीको शिलसिलामा धेरे दुख अनि हन्डर पाउनु भयो । रातोमाटेकी मोक्तानको पिडा अली फरक छ ।

बल्लबल्ल आफैले पैसा तिरेर प्रहरीलाई पक्रन लागाई एक महिना जेल बसेर नेपाल फर्किनु भईन मोक्तान । नेपाल त फर्किनु भयो बिदेशबाट धन त खासै कमाएर ल्याउन सक्नु भएन तर उहाँको जीवनको लागि कहिल्यै नमेटिने पिडा परदेशको दिएको छ । त्यो पिडा हो ग्याँष्ट्रिक बिग्रेर भएको क्यान्सर ।

परदेशबाट खुसी त ल्याउन सक्नु भएन तर परदेशले दिएको पिडालाई हटाउन पनि सक्नु भएन । उहाँ अहिले क्यान्सरको उपचार गर्दै हुनुन्छ । उहाँसंग जनपत्रकर्मी दिपक सिंह रुम्बा उहाँको घरमा पुग्दा गर्नु भएको उहाँको जीवन भोगाई सहितको कुराकानी तल सुन्नुहोस ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*