‘ए मेरो हजुर ४’ रिलीज, हलमा दर्शकको चाप उल्लेख्य
झरना थापा निर्देशित नेपाली फिल्म ‘ए मेरो हजुर ४’ देशैभर एकसाथ रिलीज भएको छ । दक्षिण भारतिय फिल्म ‘केजिएफ २’ को जगजगीका बीच रिलीज यो चलचित्रले अपेक्षित शोहरु नपाएता पनि दर्शकको चाप भने उल्लेख्य देखिएको छ । नयाँ बर्ष २०७९ को अवसर पार्दै बिहिबार नै रिलीज यो फिल्मका पहिलो दिनका बिहानी शोहरु लगभग सबै भरिएका छन् ।
बुधवार साँझ भव्य प्रिमियर भएको ‘ए मेरो हजुर ४’ प्रिमियर रिभ्यू राम्रो पाएको छ । नेपाली फिल्महरु “विन्डो सेल” हुने भएका कारण अग्रिम बुकिङ् कम देखिएता पनि दर्शकहरु फिल्म हलका काउन्टरबाट टिकट लिईरहेका छन् । यो फिल्म सिंगल रिलीज भएको भए अहिलेको भन्दा बढि शो पाउने पक्का थियो तर विदेशी फिल्मप्रति दर्शकको क्रेजका कारण इनिसियल व्यापारमा केहि धक्का लाग्ने देखिएको छ । यद्यपी ‘ए मेरो हजुर ४’ को पनि अलग्गै क्रेज छ । जसका कारण यो फिल्मले उत्साहपुर्ण व्यापार गर्ने पक्का छ ।
‘ए मेरो हजुर ४’मा फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।







