गाडी भाडा तत्काल नबढ्ने, विभागले लियो बढाउने निर्णय फिर्ता

ठमाडौँ – सार्वजनिक गाडीको बढाउने भनिएको भाडा नबढ्ने भएको छ । यातायात व्यवस्था विभागकले गाडी भाडा बढाउने निर्णय फिर्ता लिएको हो । छोटो दूरीमा १२ तथा लामो दूरीमा २० प्रतिशत भाडा बढाउने निर्णय भएको थियो ।
विभागले यसअघि नयाँ भाडादर समेत सार्वजनिक गरेको थियो । तर अर्को सूचना नआएसम्मका लागि नयाँ भाडा दर लागु नहुने बिहीबार सूचना निकालेर विभागले बताएको छ ।