मर्डर मिस्ट्रीमा आधारित ‘षट्कोण’को ट्रेलर रिलीज

जनपत्र
१ बैशाख २०७९, बिहीबार ०६:१५

नेपाली फिल्म ‘षट्कोण’को ट्रेलर रिलीज भएको छ । बुधबार रिलीज ट्रेलरबाट यो फिल्म साइकोलोजिक थ्रिलर रहेको बुझिन्छ ।

२ मिनेट लामो ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् । मिलन डि काप्रि निर्देशित यो फिल्म मिलनको डेव्यु निर्देशकिय फिल्म हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी बैशाख २३ गतेबाट रिलीज हुंदैछ ।

‘षट्कोण’मा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । यो फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र मिलन डि काप्रिको सम्पादन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*