अपाङ्गतालाई बिभेद गरिएको भन्दै आयोगका सदस्य ओझालाई ज्ञापनपत्र

हेटौंडा । राष्ट्रिय समावेशी आयोगका सदस्य बिष्णु ओझालाई आज राष्ट्रिय अपाङ्ग महासंघले आफ्ना बिभीन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । लोकसेवा आयोगको बिज्ञापनमा अपाङ्गता भएका ब्यक्तिलाई समावेसीकरण गर्न माग गर्दै सदस्य ओझालाई ज्ञापनपत्र बुझाइएको हो ।
महासंघका पदाधिकारी र सदस्यहरु सहित उपस्थित कार्यक्रममा आफुहरुलाई लोकसेवा आयोगले बिज्ञापन गर्दा पक्षपात गरेको आरोप लगाएका छन् ।
कानुनमै आफुहरुलाई बिभेद गरेको भन्दै उनीहरुले असन्तुष्टी ब्यक्त गरेको आयोगका सदस्य ओझाले बताउनुभयो ।
यसैगरी आजै कोशिश सस्थाले आयोगको सभाहलमा मनोसामाजिक समस्या भएका व्ययक्तिहरूको लागि कार्यक्रम गरेको छ । बषौ सम्म सडकमा कष्टरकर रुपमा जिवन बिताउनुभएका केसर देवकोटाले आफ्ना पिडा पनि सुनाउनुभयो । उहाँले आयोगका सदस्य र पदाधिकारीहरु समक्ष ढुङ्गा नहान, बौलाहा नभन भन्दै सबैलाई भावविहोल पार्नुभएको थियो ।