प्रतिबन्धको अनौठो विरोध

जनपत्र
२९ जेष्ठ २०७६, बुधबार ०९:३०

सामाजिक सञ्जालमा आफ्नो आधिपत्य जमाउँदै आएका फेसबुक तथा इन्स्टाग्रामले बेलाबेलामा बिभिन्न कुरामा प्रतिबन्ध लगाउँछन् जसलाई उनीहरूको प्रतिबन्ध सह्य हुँदैन त्यसको विरोध अनौठो ढंगले हुने गरेको छ । अहिले पश्चिमी मुलुकमा पुरुषले आफ्नो स्तनको मुन्टो देखाउन हुन्छ भने महिलाले किन हुँदैन भन्ने बहस चलिरहेको छ ।

यसको विरोधमा महिला अधिकारवादीहरूले बेलाबेलामा प्रदर्शनसमेत गर्ने गरेका छन् । यो विवाद मत्थर नभएको अवस्थामा हालै फेसबुक र इन्स्टाग्रामले महिलाले आफ्नो स्तनको मुन्टो देखिने किसिमको तस्बिर फोटो अपलोड गर्न नपाउने नियम ल्यायो । अनि के चाहियो र महिला अधिकारवादीहरूलाई ? यी दुई सामाजिक सञ्जालको विरोधमा चर्चित निर्वस्त्र फोटोग्राफर स्पेन्सर टुनिक पनि जोडिए ।

न्युयोर्क सहरमा भेला भएका निर्वस्क्र मोडलहरूले हातमा स्तनको मुन्टोको तस्बिर बोकेर तस्बिर खिचाए । यो विरोध कार्यत्रमको योजना गोप्य थियो र फोटोसुट गर्ने बेलामा मात्र अरूलाई थाहा भएको थियो । फेसबुक र इन्स्टग्रामले चित्रकला तथा मूर्तिकलामा देखिने स्तन मात्र अपलोड गर्न दिने तर तस्बिरमा देखिने त्यस्तो तस्बिर हटाउने नियम ल्याएपछि त्यसको विरोध भएको हो ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*