भारतीय भूमिमा अब नेपालको रेल ! सामान आफ्नै रेलमा

जनपत्र
२८ जेष्ठ २०७६, मंगलवार ०६:१२

नेपालले आफ्नै रेलका माध्यमबाट भारतीय भूमिमा सामान ओसारप्रसार गर्ने भएको छ । नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारत सरकारले सैद्धान्तिक सहमति जनाएको छ ।

जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकमा भारतले नेपाली रेल कोलकतादेखि विराटनगर र वीरगन्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति जनाएको वाणिज्य तथा आपुर्ति सचिव केदारबहादुर अधिकारीले बताए । बैठकमा रेलमार्फत् द्विपक्षीय र तेस्रो मुलुकबाट हुने पारवहन ढुवानी सहजीकरण गर्ने सम्बन्धमा विविध विषयमा छलफल भइ सहमति पनि भएको सचिव अधिकारीले बताए । बैठकले नेपाल–भारत रेल सेवा सम्झौता ५ वर्षका लागि पनि नवीकरण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*