भारतले पुननिर्माणका लागि नेपाललाई एक अर्ब ६० करोड उपलब्ध गरायो
काठमाडौँ-भूकम्पपछिको पुननिर्माणका लागि भारतले नेपाललाई दिने भनेको सहयाेगकाे बाँकी रकम हस्तान्तरण गरेको छ।नेपालका लागि भारतीय राजदूत मनजीत सिंह पुरीले सोमबार अर्थ सचिव राजन खनाललाई १ अर्व ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। राजदुत पुरीले अर्थमन्त्री डाक्टर युवराज खतिवडाको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरेका छन्।
भारत सरकारले उक्त रकम नुवाकोट र गोर्खा जिल्लाको भूकम्प पछिको पुनःनिर्माणका लागि उपलब्ध गराएको हो।पुननिर्माणका लागि भारतले दिने भनेको ४ अर्ब ५० करोड सहयोगको घोषणा गरको थियो। सोही सहयोग अन्तर्गतको बाँकी रकम उपलब्ध गराइएको हो।