विश्वमा कस्ता कस्ता अन्धविश्वास पनि हुँदा रहेछन् ?

जनपत्र
२७ जेष्ठ २०७६, सोमबार ०६:१४

हाम्रो देशमा अनेकथरी अन्धविश्वास चलेका छन् । तर यो हाम्रो मात्र कुरा होइन । संसारभरिका देशमा अचम्मका अन्धविश्वास भेटिन्छन् । जानौं केही अन्धविश्वासहरू :
तपाईं टर्की पुग्नुभयो भने र त्यहाँ राति चुइंगम चपाउनुभयो भने एकदम नराम्रो मानिन्छ । राति चपाइएको चुइंगम भनेको मरेको मान्छेको लाश चपाउनुसरह हो भन्ने मान्यता छ त्यहाँ । रुसमा प्रेम दर्साउनका लागि फूलको बुके दिँदा फूलको संख्या विचार गर्नुपर्छ । इभन नम्बर (दुईले भाग लाग्ने) को संख्यामा कुनै मानिसलाई फूल दिनुभयो भने तपाईंलाई गोद्छन् । इभन नम्बरको फूल दिनु भनेको मृत्युको संकेत हो ।

योयो भन्ने रमाइलो खेल विश्वभरि खेलिन्छ । तर सिरियामा यो खेलमाथि प्रतिबन्ध लगाइएको छ । यो खेल्दा सुक्खा लाग्छ भन्ने विश्वास गरिन्छ । चीनमा चार नम्बरलाई एकदमै अशुभ मानिन्छ । चिनियाँ भाषामा मृत्युको उच्चारण चार नम्बरसँग मिल्ने भएकाले चिनियाँहरू चार नम्बर प्रयोग गर्दैनन् । पश्चिमाले १३ नम्बर प्रयोग नगरेजस्तै चिनियाँले चारलाई पूरै अभोइड गर्छन् । इटालीमा खाना खानेबित्तिकै मृत्यु हुन्छ भन्ने मान्यता चलेकाले त्यहाँ कोही पनि खानेबित्तिकै नुहाउन जाँदैन । दक्षिण कोरियामा पंखा खुल्ला राखेर सुत्दा ज्यान जाने मान्यता भएकाले त्यहाँका पंखामा टाइमर लगाइन्छ । त्यसो गर्दा पंखा आफैं बन्द हुन्छ ।

नयाँ वर्षको राति१२ वटा अंगुर सुकाउँदा वर्षैभरि प्रगति हुन्छ भन्ने अन्धविश्वास छ । रुसमा गाडीमा चराले विष्टा गरिदियो भने इज्जत बढ्छ भन्ने मान्यता छ । अलि पहिले धेरै देशमा गल्तीले नून झारियो भने त्यसलाई उठाएर आफ्नो देब्रे काँधतर्फबाट पछिल्तिर फ्याँक्न लगाइन्थ्यो । यसो गर्दा खराब समय कट्छ भन्ने मान्यता थियो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*