बलात्कारको परिभाषा नबुझेकी पूजाले सच्याइन् बोली

जनपत्र
२३ फाल्गुन २०७८, सोमबार ०८:३३

उनले पलविरुद्ध जाहेरी दिएकी नाबालिगको चरित्रमाथि पनि प्रश्न उठाएकी थिइन् । नाबालिगले त्यस्तो (शारीरिक सम्बन्ध) गर्नुअघि आफ्नो उमेरको बारेमा सोच्नुपर्ने तर्क राख्दै पलले कपडा च्यातेर जबर्जस्ती गरेको भन्ने कुरा आफूले पत्याउन नसकेको बताएकी थिइन् । उनको यो अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । धेरैले उनको चेतनास्तरमाथि प्रश्न उठाएका छन् ।

आफ्नो अभिव्यक्ति आफैंलाई भारी परेपछि बिहीवार पोखरामा पत्रकार भेटघाटको क्रममा उनले आफ्नो बोली सच्याएकी छन् । उनले कानुनका बुँदाहरुको बारेमा आफू अपडेट नभइसकेको बताउँदै आफूले अझै बुझ्न आवश्यक रहेको बताइन् । तर, आफ्नो भनाईको आशय गलत नभएपनि हलहरुमा जाने क्रममा प्रेसर (तनाव) ले गर्दा बोलीमा तलमाथि भएको हुनसक्ने उनी बताउँछिन् ।

उनले भनेकी छन्, ‘मैले पढ्दै आएको र समाजमा देख्दै आइरहेको चिजहरुसँग कानुनको बुँदाहरु हेर्दा अझै धेरै चिजहरु बुझ्न र अपडेट हुन बाँकी रहेछ भनेर राम्रो हिसाबमा भनेको थिएँ । यो कुरामा अझै ज्ञान लिनुपर्ने रहेछ, मैले अझै बुझेको रहेनछु भन्ने मेरो आशय थियो । म हल-हलमा जाँदा रसमा थिएँ, त्यसैले छोटो कुरा बोल्दा कुन चाहिँ हिसाबले बोलेको हो भन्ने धेरैलाई लाग्न गएछ ।’

आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनालाई भने उनले सकारात्मक रुपमा लिएकी छन् । ‘मैले भनेको कुरालाई कसरी बुझ्ने र लिने भन्ने आ-आफ्नो सोचाइ हो । सही वा गलत भन्न पाउने अधिकार सबैलाई छ । मैले मात्र कानुनमा हुने परिवर्तनबारे सबै अपडेट हुनुपर्ने रहेछ र म आफू पनि अपडेट नभएकाले बलात्कारको परिभाषा नबुझेको भनेर भनेको थिएँ,’ उनले स्पष्ट पारिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*