सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी

जनपत्र
२० फाल्गुन २०७८, शुक्रबार ०८:०७

नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजका लागि टोली घोषणा भएको हो। यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार टोली घोषणा गरेको हो। सन्दीप कप्तानीको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन्। क्यानले छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो।

नेपालले यूएई जानुअघि श्रीलंकामा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ। श्रीलंकामा नेपालले चार वटा अभ्यास खेल खेल्न लागेको हो। नेपाली टोली शनिबार श्रीलंका जाने क्यानले जनाएको छ। विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*