रूसले फुटबलमाथि लगाएको प्रतिबन्धविरूद्ध अपिल गर्ने

जनपत्र
२० फाल्गुन २०७८, शुक्रबार ०८:०३

रसियाली फुटबल संघले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा लगाइएको प्रतिबन्धविरूद्ध अपिल गर्ने भएको छ।

रसियाका पुरूष र महिला राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलको विश्व र युरोपेली प्रशासक निकायविरूद्ध खेलकुदको मध्यस्थता (क्यास) अदालत जानेमा मुद्दा दर्ता गर्ने भएको छ।

सोमबार, रूसी फुटबल क्लबसँगै राष्ट्रिय पुरूष र महिला टोलीलाई फिफा र यूईएफए द्वारा अनिश्चितकालका लागि सबै प्रतियोगिताहरूबाट निलम्बन गरेको थियो।

रसियाले आफ्ना राष्ट्रिय टोलीलाई अर्को महिना हुने पुरूष विश्वकप प्ले-अफ खेल खेल्न र महिला टोलीलाई यसै ग्रीष्ममा इङ्ग्ल्याण्डमा हुने युरो २०२२ प्रतियोगितामा पुनस् समावेश गराउन माग गरेको छ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*