विश्व कप क्रिकेट लिग ‘टु’ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

जनपत्र
२० फाल्गुन २०७८, शुक्रबार ०७:४८

आईसीसी विश्व कप क्रिकेट लिग टुु अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन् ।

यूएई जानुअघि नेपाली टोलीले श्रीलङ्कामा तयारी गर्नेछन् । नेपाली टोली भोलि शनिवार श्रीलङ्का जानेछ । श्रीलङ्काबाट आउँदो मार्च १४ तारिख अर्थात् फागुन ३० गते टोली यूएई प्रस्थान गर्नेछ ।

नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग दुईरदुई वटा खेल खेल्नेछ । लिग (टुु) मा नेपालसहित ओमान, स्कटल्यान्ड, अमेरिका, यूएई, नामिबिया र पीएनजी गरी सात टोली छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*