वीरगञ्जमा ३ दिने श्याम होली महोत्सव आजदेखि शुरु

जनपत्र
१९ फाल्गुन २०७८, बिहीबार १९:२४

वीरगञ्जमा आजदेखि ३ दिवसिय श्याम होली महोत्सव शुरु भएको छ ।

श्याम परिवार वीरगञ्जले श्याम होली महोत्सवको अवसरमा आज शोभा यात्रा निकालेको छ । वीरगञ्जको नगर परिक्रमा गर्दै टिवडेवाल धर्मशालामा गएर शोभा यात्रा टुंगिएको हो ।

होली पर्वलाई मध्यनजर गर्दै श्याम परिवारले वीरगञ्जमा होली महोत्सवको आयोजना गरेको हो । उक्त महोत्सवमा भारतका विभिन्न स्थानबाट ख्याति प्राप्त व्यक्तिहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । आजदेखि सुरु भएको महोत्सव शनिवारसम्म चल्ने छ ।

महोत्सवमा नन्दु भैया, डा. बिजय टिवडेवाल, मनीष गर्म, आयुष सेमानी लगायतको प्रस्तुती रहने समाजसेवी धिरज दारुकाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*