स्थानीय तहको चुनावका कारण ‘कबड्डी ४’ को रिलिज सर्‍यो

जनपत्र
१९ फाल्गुन २०७८, बिहीबार ०७:४८

सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘कबड्डी ४’ दुई साता पछाडि सरेको छ । निर्वाचनको दिन देशभर सवारी आवत(जावत ठप्प हुने भएकाले निर्माण पक्षले फिल्मको प्रदर्शन मिति धकलेको हो । अब यो फिल्म आउँदो जेठ १३ गतेबाट प्रदर्शनमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लसँगै अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । यो फिल्मलाई ‘कबड्डी’ को अन्तिम सिरिज भनिएको छ । यसैले फिल्मको उप(शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ । फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । गत महिना सार्वजनिक भएको टिजरले फिल्मको राम्रो हाइप बनाएको छ ।

बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । शैलेन्द्र डि। कार्कीको छायांकन रहेको ‘कबड्डी ४’ मा कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*