यूएई जानु अगाडि राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा अभ्यास खेल खेल्ने

जनपत्र
१७ फाल्गुन २०७८, मंगलवार ०७:४४

आईसीसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा प्रशिक्षण गर्ने भएको छ।

नेपाली टोलीले श्रीलङ्कामा कम्तीमा पाँच वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाली टोली मार्च तीन अर्थात पर्सि बिहीवार श्रीलङ्का जानेछ । नेपाली टोली श्रीलङ्काबाटै मार्च १३ तारिखमा यूएई प्रस्थान गर्नेछ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएका छन् । नेपालले एक दिवसीय श्रृङ्खलामा यूएई र पपुवा न्यु गिनी ९पीएनजी० सँग खेल्नेछ ।

नेपाल र पीएनजीबीचको खेल मार्च १६ तारिखमा शारजहा क्रिकेट मैदानमा हुनेछ । त्यस्तै दोस्रो खेल यूएईसँग मार्च १८ तारिखमा र तेस्रो खेल यूएईसँग मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीसँग मार्च २२ तारिखमा खेल्नेछ । लिग टु अन्तर्गत नेपालसहित यूएई, पीएनजी, ओमान, स्कटल्यान्ड, अमेरिका र नामिबिया गरी ७ टोली सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*