लिभरपुलको शानदार जित
इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको लिभरपुलले शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लीड्स युनाइटेडलाई ६–० ले पराजित गरेको हो।
लिभरपुलका लागि मोहम्मद सालहले दुई तथा साडिओ मानेले दुई गोल गरे । सालहले १५ र ३५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । मानेले ८० र ९० औँ मिनेटमा गोल गरेका हुन् ।
मातिपले ३० औँ र भान डिजेकले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे।
जितपछि दोस्रो स्थानको लिभरपुलको २६ खेलबाट ६० अंक छ । पराजित भएको लीड्स २५ खेलबाट २३ अंकसहित १५ औँ स्थानमा छ ।
बुधबार राति नै भएको खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई ४–१ ले पराजित गरेको छ । जित निकालेको क्रिष्टल प्यालेस २६ खेलबाट २९ अंकसहित ११ औँ स्थानमा छ ।






