‘हनी बनी’ मा अनमोलको जोडी बन्दैछिन् सारा ?

जनपत्र
१० फाल्गुन २०७८, मंगलवार ०८:२८

करीब चार वर्ष अगाडि अभिनेता अनमोल केसीको नाम अभिनेत्री सारा सिर्पालीसँग जोडिएको थियो । उनीहरु प्रेममा रहेको र साराको जन्मदिन मनाउन अनमोल नगरकोटसम्म पुगेको चर्चा चलेको थियो । तर, पछि दुवैले यो कुराको खण्डन गरे । त्यसयता उनीहरुको नाम जोडेर समाचार बनेका छैनन् । तर, अब उनीहरुले फिल्ममा एकसाथ काम गर्न लागेको खबर प्राप्त भएको छ ।

यतिबेला अनमोल फिल्म ‘हनी बनी’ को तयारीमा छन् । आगामी चैतबाट छायांकन सुरु हुने फिल्ममा उनको जोडी सारासँग बाँधिन लागेको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ । सारासँग काम गर्नका लागि अनमोलले स्वीकृति जनाइसकेका कारण निर्माण टिमले केही दिनमा उनीसँग कागजी सम्झौता गर्ने तयारी गरेको छ । सारासँग मौखिक सहमति भइसकेको स्रोत बताउँछ ।

साराले फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि ‘पिंजडा ब्याक अगेन’ र ‘सुश्री सम्पत्ति’ मा काम गरेकी उनलाई सफलताले भने पछ्याउन सकेको छैन । आफ्नो करिअर बचाउन यतिबेला उनलाई एउटा हिट फिल्मको आवश्यकता छ । उनले कोरोना महामारीअघि फिल्म ‘गुञ्जन’ मा अभिनय गरेकी थिइन् । सम्भवतः यसै वर्ष यो फिल्म प्रदर्शनमा आउन सक्नेछ ।

‘हनी बनी’ लाई दीवाकर भट्टराईले निर्देशन गर्न लागेका हुन् । लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । बेलायतमा छायांकन हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् । ७ करोड लागत अनुमान गरिएको फिल्मलाई आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*