सुरक्षा पन्त : पढिन् इन्जिनियरिङ, बनिन् हिरोइन

जनपत्र
९ फाल्गुन २०७८, सोमबार ०८:१०

नेपाली फिल्मकी पढेलेखेकी अभिनेत्री हुन्, सुरक्षा पन्त । सन् २०१४ मा काठमाडौं इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरमा ग्राजुयशन गरेकी उनीसँग इन्जिनियर भएर अपार्टमेन्टमा काम गरेको अनुभव पनि छ । तर, इन्जिनियर बन्नु उनको सपना थिएन । उनी मिडियाकर्मी बन्न चाहन्थिन् । तर, यसका लागि परिवारको अनुमति दिए । यसैले बाध्य भएर उनले इन्जिनियरिङ पढ्नु पर्‍यो ।
इन्जिनियरिङ पढ्दै गर्दा उनले इमेज टेलिभिजनको ‘भिजे हन्ट’ प्रतिस्पर्धामा भाग लिइन् । यहीँबाट उनको यात्रा मोडियो । ‘भिजे हन्ट’ मा उनलाई देखेपछि निर्देशक आलोक नेम्वाङले फोन गरेर फिल्म ‘अझै पनि’ मा अभिनयको प्रस्ताव गरे । परिवारलाई बल्लतल्ल मनाएर उनले फिल्ममा अभिनय गरिन् । पहिलो फिल्म असफल भएपनि उनको अभिनयलाई भने धेरैले रुचाएका थिए ।
Surakshya Panta
पढाईकै क्रममा उनले दोस्रो फिल्म ‘सुस्केरा’ मा पनि अभिनय गरिन् । तर, यो फिल्म अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘धनपति’ मा काम गरेपछि भने सुरक्षा पूर्णकालिन अभिनयमै होमिइन् । योबीचमा उनले ‘भैरे, गोपी, घर, आमा’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । ‘आमा’ लाई सुरक्षाको करिअरकै उत्कृष्ट फिल्म भन्ने गरिन्छ ।
फिल्मको भूमिका अनुसार आफ्नो चरित्रलाई जीवन्त तुल्याउनका लागि निकै मिहिनेत गर्ने अभिनेत्री पन्तले ‘क्लास र मास’ (आर्ट र कमर्शियल) दुवै खालका फिल्ममा आफूलाई सशक्त रुपमा प्रस्तुत गरेकी छन् । अचेल फिल्ममा जीवन्त अभिनय गर्ने अभिनेत्रीको खोजी हुँदा उनको नाम छुट्ने गर्दैन । करिअरको सुरुवाती समयदेखि नै उनले म्यूजिक भिडियोमा पनि अभिनय गर्दै आएकी छन् ।
उनै, सुरक्षा आइतवारबाट २८ वर्षमा प्रवेश गरेकी छन् । सन् १९९४ फेब्रअरी २० मा बुटवलमा जन्मिएकी उनले एसएलसीसम्मको अध्ययन गृहजिल्लामै गरेकी थिइन् । पछिल्लो पटक ‘आमा’ मा देखिएकी उनको ‘बुलाकी’ र ‘ग्रीन बर्ड’ गरी दुई फिल्म प्रदर्शनको पखाईमा छन् । छोटो अवधिमै आफूलाई भर्सटायल अभिनेत्रीको रुपमा चिनाएकी सुरक्षा अहिलेसम्म विवादमा तानिएकी छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*