राष्ट्रपति रनिङशिल्ड खेलकुदको हेटौंडा नगर छनौट सकियो

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार १६:२०

हेटौंडा / नवौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका स्तरिय छनौट सकिएको छ । दुई दिन सम्म सन्चालन भएको छनौटमा पाँच वटा खेलमा खेलाडीहरु छनौट भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिएका छन ।
छनौट अन्तर्गत छात्र भलिवलमा वंशगोपाल मावि चौघडा र छात्रा भलिवलमा श्रीकृष्ण ई वोडिङ मावि छनौट भएका राष्ट्रिय निर्णायक विनोद श्रेष्ठले वताएका छन् ।

यस्तै छात्र कव्वडीमा बालजागृती युवा वर्ष र छात्रा कव्वडीमा भृकुटी मावि उत्तरपानी छनौट भएका जिल्ला खेलकुद विकास समितिका प्रमुख खुशराज दाहालले जानकारी दिएका छन् । रिले तर्फ महेन्द्र किरण वसामाढी र वालवोध मावि हटिया तथा बालज्योती मावि पीप्ले र वंशगोपाल मावि चौघडा छनौट भएका राष्ट्रिय निर्णायक राजाराम पोखरलले जानकारी दिएका छन् ।

छनौट अन्तर्गत तेक्वान्दोमा ४५ केजीमा चन्द्रोदय माविका विश्वराज खडका,४८ केजीमा सोलिड्यारीटीका विप्लप वाईवा र ५१ केजीमा वालज्योती माविका कृष्ण वाहादुर वाईवा छनौट भएका छन् । यसै गरि छात्रा तर्फ ४४ केजीमा सिदार्थ माविकी सुता तामाङ,४६केजीमा कुशुम अधिकारी त्रिभुवन मावि र ४२ केजीमा जिनुका यादव ज्ञानोदय मावि छनौट भएका तेक्वान्दो प्रशिक्षण माधव कोईरालाले जानकारी दिएका छन ।

यस्तै सितेरियो करातको ४२ केजी तौल समुहमा भुटनदेवी माविका सुमन वाईवा,५० केजीमा बालउज्जल मावि लेवटका रोशनी थापा,४५ केजीमा शिक्षा विकास शिशुसदनकी सृष्टि घलान,४० केजी तौल समुहमा आधुनिक राष्ट्रि माविकी निकिता पाठक,,५२ केजीमा महेन्द्र करिण माविका अभिषेक बल लामा र ४७ केजी तौल समुहमा महेन्द्र करिणमाविका अनुज लामा छनौट भएका प्रशिक्ष विष्णुभक्त लामाले जानकारी दिएका छन । छनौट प्रतियोगिता जिएस निकेतन माविको संयोजनमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*