‘नोगेन’ मा संगीत चोरेको प्रमाणित नगरे बसन्तविरुद्ध महेश खड्काले मानहानीको मुद्धा दायर गर्ने

जनपत्र
२९ माघ २०७८, शनिबार ०६:५४

गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको आवाजमा रहेको ‘नोगेन’ गीतमा आफ्नो संगीत चोरेको आरोप लगाउने संगीतकार वसन्त सापकोटाविरुद्ध संगीतकार महेश खड्काले मानहानीको मुद्दा दायर गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले संगीत चोरेको आरोप प्रमाणित नगरे आफू कानूनी उपचारमा जान बाध्य हुने बताए ।

उनले भने, ‘साँच्चै उहाँले भनेजस्तै हो भने सम्पूर्ण कानूनी रुपमा, आर्थिक, नैतिक रुपमा उहाँले जेजे दाबी गर्नुहुनन्छ, प्रतिलिपी ऐन होस, विज्ञ मान्छे राखेर होस् अथवा अन्र्तराष्ट्रिय अदालतमा जान उहाँलाई म अनुरोध गर्न चाहन्छु । यदि त्यति गरेर उहाँले यो आरोप प्रमाणित गर्न सक्नुहुन्छ भने म जेसुकै सजाय भोग्न तयार छु । तर, उहाँले त्यसो नगरेर मलाई बदनाम गर्न खोज्नुभएको हो भने म मानहानी सहन सक्दिन ।’

संगीतकार खड्काले आफूमाथि आरोप लगाउने तर, संगीत चोरी भएकै भए किन कानूनी प्रक्रियामा नगएको भन्दै खरो प्रश्न पनि गरेका छन् । उनले भने, ‘आरोप लगाएर खै कानूनी प्रक्रियामा जानुभएको रु संसारमै बनेको ताल, राग बनाएर संगीत बनाएका हुन्छौँ । तर, दुई नोट मिल्दैमा चोर भन्ने हो भने नेपाली संगीत क्षेत्रमा हार्मोनियम, गितारमा अघि बढ्छु भनेर नभने हुन्छ । किनभने यो कुराले स्वयं बसन्त भाइलाई घात गर्छ । उहाँको गीत अरु गीतसँग २÷४ नोट मिले के हुन्छ रु अरुलाई के भन्नुहुन्छ अब रु’

संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’ को ‘सागर सरी चोखो माया’ भन्ने गीतबाट खड्काले संगीत चोरेको भन्दै सार्वजनिक कार्यक्रममा खड्का माथि आरोप लगाउँदै आएका छन् । तर, सापकोटाले खड्कामाथि आरोप लगाए पनि कानूनी उपचारमा भने गएका छैनन् । न्युज 24 बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*