राष्ट्रपति रनिङशिल्डमा हेटौंडा स्तरिय प्रतियोगिता

हेटौंडा । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत आजबाट दुईदिन सम्म हेटौंडा उपमहानगरपालिका स्तरिय छनौट प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको ब्याबस्थापनमा नगरस्तरीय प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सर्टफूट फालेर उद्घाटन् गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलकुदको बिकाश हुने बताउनुभयो । खेलक्षेत्रको बिकाशका लागि आफु लागिपरेको मेयर महतले बताउनुभयो । कार्यक्रममा हेटौंडा ४का वडाअध्यक्ष नबिन सिग्देल, जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष माधब तिमल्सीना लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।