अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने

जनपत्र
१५ माघ २०७८, शनिबार ०७:०८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कका कर्मचारीले मोवाइल चलाउन नपाउने भएका छन् । डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए ।

भट्टराईले भने, ‘डेस्कमा बस्दा प्राइभेट मोवाइल नचलाउने गरी निर्देशन गरेका छौं ।’ विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी मुलुकमा जाने नेपालीको संख्या बढेको र त्यहाँ पुगेर अलपत्र परेका घटना बढेका छन । गुनासो बढेपछि विभागले सो निर्णय गरेको बताइएको छ ।

भिजिट भिसाको समस्या र समाधानको उपायबारे अध्ययन गरेर प्रतिवेदन दिनका लागी गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा समिति गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*