साझा विवेकशिल पार्टी मकवानपुरका संयोजक मैनाली भन्छन् : तीन महिना भित्र २ हजार क्रियाशिल

हेटौंडा / शनिबार मात्र साझा विवेकशिल पार्टी मकवानपुरका संयोजक चयन भएका राजन मैनालीले अबको तीन महिना भित्र पार्टीको क्रियाशिल सदस्य २ हजार पुग्ने बताएका छन् ।
आज हेटौंडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मैनालीले मकवानपुरमा साझ साझा विवेकशिलको पुरानो तथा नयाँ गरि ३७६ सदस्य रहेको बताए । उनले अबको तीन महिना भित्र क्रियशिल सदस्य संख्या २ हजार पुर्याउने लक्ष्य राखिएको समेत दाबी गरे ।
मकवानपुरको थाहा नगरपालिकामा माधव कार्की तथा भिमफेदी गाउँपालिकामा जगत मोक्तान संयोजकमा चयन भैसकेको बताउँदै असारको पहिलो हप्तासम्म हेटौंडा उपमहानगरपालिकामा महिला तथा पुरुष संयोजक बनाई आक्रमक ढ्ङगले राजनीतिक क्षेत्रमा साझा विवेकशिल पार्टी मकवानपुर जिल्लामा अघि बढ्ने बताए ।
हेटौंडा उपमहानगरपालिकाको हरेक वडामा साझा विवेकशिल पाटीको संयोजक बनाउने,मकवानपुरको बाँकी गाउँपालिकाहरुको गाउँपालिका संयोजक साथै वडा संयोजक चयन गर्ने जिल्ला संयोजक मैनालीले बताए । राजनीति कर्म हुनुपछर्, पेसा व्यवसाय हैन भन्दै पत्रकार सम्मेलनमा उनले आर्थिक,उन्नति,जनतामा खुसि,सन्तुष्टि ल्याउन राजनीति गर्नुपर्ने बताए । युवाहरुलाई विदेशीनबाट रोक्दै देशमै स्वरोजगारीको सृजना गर्नुपर्छ भन्दै मैनालीले आफुहरुको पार्टी सोहि दिशामा अघि बढेको बताए ।
केहि दिन अघि मात्र सार्वजनिक भएको देशको आर्थिक वर्ष २०७६÷७७ बजेटको कुरा गर्दै मैनाली भने संसादहरुलाई ६ करोड किन दिईएको,कस्लाई खुसि बनाउन भन्दै भत्र्सना समेत गरे । उनले भने : सांसदरुको काम भनेको नीति निर्माण गर्ने हो, विकास गर्दै हिडने हैन् ।