पाँचवर्षे बालकको १५ पेज लामो बायोडाटाले सबै अचम्मित !

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार ०६:१४

चिनियाँ किन्डरगार्टनरमा भर्नाका लागि आवेदन दिँदा सांघाइस्थित एक पाँच वर्षे बालकले १५ पेज लामो बायोडाटा बुझाएपछि सबै आश्चर्यमा परेका हुन् । यसरी सो आवेदन चिनियाँ सामाजिक संजाल वेइबोमा पोस्ट हुनासाथै घटना देशभर भाइरल भएको थियो । विस्तृत रुपमा व्याख्या गरिएको उक्त विवरणमा उनका व्यक्तिगत शोक र हिप–पप, पिआनो, फुटबल जस्ता अतिरिक्त गतिविधिबारे जानकारी दिइनुका साथै साहित्य, इतिहास, विज्ञान, गणित, कला र खेलमा समेत उनी उत्कृष्ट रहेको उल्लेख गरिएको छ । यति मात्र नभएर सो आवेदनमा थुप्रै ग्राफिक तस्बिर र कम्पनी प्रदर्शनको समीक्षा जस्तैगरी रिपोर्ट समेत पेश गरिएको छ जसबारे इन्टरनेट प्रयोगकर्ताहरुले भिन्दाभिन्दै प्रतिक्रिया दिएका छन् ।

त्यसमा दाबी गरिएको समय तालिका अनुसार साप्ताहिक सूचीमा ती बालकले योजनाबद्ध रुपमा दैनिक अध्ययन गर्ने र हप्तामा तीन दिन अङ्ग्रेजीमा डायरी लेख्ने गरेका छन् ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*