‘परस्त्री’ का लागि अडिसन आह्वान, अभिनेता र अभिनेत्री छानिने
‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के। खनालको कथामा निर्माण हुन लागेको फिल्म ‘परस्त्री’ का लागि अडिसन आह्वान गरिएको छ । फिल्मको मुख्य भूमिकामा नायक कोशिश क्षेत्री अनुबन्ध भइसकेका छन् भने अन्य एक अभिनेता र दुई अभिनेत्रीलाई छनोट गर्न निर्माण टिमले अडिसन आह्वान गरेको हो । संसारभरबाट अडिसनका लागि आफ्नो प्रोफाइल पठाउन सकिने बताइएको छ ।
निर्माण कम्पनी डि।एस डिजिटलले जारी गरेको विज्ञप्तिमा २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्र र २० देखि २५ वर्षभित्रका अभिनेत्रीका लागि अडिसन आह्वान गरेको जानकारी दिएको छ । नयाँ प्रतिभालाई अवसर दिन अडिसन गर्न लागिएको निर्मात्री शर्मिला पाण्डेले बताइन् । अडिसनमा सहभागी हुन इच्छुकले मकमष्नष्तबज्ञिठ२नmबष्।िअयm मा प्रोफाइल पठाउनु पर्नेछ ।
सर्टलिस्टमा परेकालाई मात्र अडिसनको जानकारी गराइने निर्मात्री पाण्डेको भनाई छ । फिल्म ‘लभ लभ लभ’ बाट अभिनयमा डेब्यू गरेका सुरज पाण्डेले फिल्मको निर्देशन गर्दैछन् । उनको यो डेब्यू निर्देशित फिल्म हुनेछ । एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण हुने फिल्मको सुटिङ फागुन तेस्रो साताबाट सुरु हुनेछ भने निरज कँडेलको काँधमा छायांकनको जिम्मेवारी छ । फिल्मीखबरबाट