‘संघिय सरकारले गर्ने काम प्रदेशले गरेन भन्नु जायज हुन्न’–मुख्यमन्त्री पौडेल

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार १४:४३

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पूर्बाग्रही भएर नहेर्नका लागि सांसदहरुसंग आग्रह गर्नुभएको छ । नीति तथा कार्यक्रम माथी सांसदहरुले उठाएका प्रस्नको जवाफ दिने क्रममा उहाँले नीति तथा कार्यक्रम एउटै भाषामा लेखिएको बताउँदै भन्नुभयो ‘ एउटै भाषमा लेखिएको कार्यक्रममा तपाईहरुको हेर्न दृष्टीकोण मात्र फरक देखे । हेर्ने दृष्टीकोण राम्रो हुनुपर्छ कार्यक्रम आफैमा राम्रो छ ।’

संघिय सरकारले गर्ने काम प्रदेश सरकारले गरेन भन्नु जायज नभएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘संघिय सरकारले गर्ने काम यहाँ गरेन भनेर धेरै आलोचना गरियो । हाम्रा आफ्नै सिमा छन् । संबिधानमा उल्लेख गरेका जिमेवारीका साथ काम गरेका छौ । संबिधान पढ्न जरुरी छ । तीनै तहका सरकारले सहकार्य र समन्वय गरेर मात्र काम गर्न सक्नेछ्न् । सबै अधिकार तोकिएको छ त्यही अधिकार अनुसार हामीले काम गरेका छौ ।’

धेरै सांसदले नीति तथा कार्यक्रम पढ्दै नपढीकन समिक्षा गरेको उहाँले बताउनुभयो । १५ महिना देखि सरकार बनेपनि काम गर्नका लागि भने जनसक्ति अभाबका कारण समस्या भएकाले अब बल्ल काम गर्नका लागि पर्याप्त कर्मचारी आएकाले कामले गति लिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

प्रदेश सरकार संग प्राबिधिक जनसक्ति नभएका कारण मात्र प्रदेशको सामाजिक बिकाश मन्त्रालय अन्तरगत केही समयका लागि स्वयंसेवक राखिएको बताउनुभयो । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अब प्रदेश भरीका जिल्लामा सुरु गर्ने उहाँले बताउनुभयो । भ्रष्टाचारलाई लुकाएर, छिपाएर राख्ने पक्षमा सरकार नभएको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रमका हरेक बुदालाई बजेटमा समेट्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*