आफ्नो विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदिने शिक्षिका पक्राउ

जनपत्र
२२ पुष २०७८, बिहीबार ०६:४७

विना अनुमति विद्यार्थीलाई खोप दिने अमेरिकाको न्युयोर्कको एक विद्यालयकी शिक्षिकालाई प्रहरीले गिरफतार गरेको छ । कुनै औपचारिक चिकित्सकीय योग्यता हासिल नगरेकी शिक्षिकाले आफ्नो एकजना विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार खोप लगाउने कुनै कानुनी अधिकार नभएकी लाउरा रुस्सो नामकी ती शिक्षिकाले ती छात्रका अभिभावको अनुमति नलिकइकनै आफ्नै घरमा खोप लगाइदिएकी थिइन् । विद्यालयमा जीवविज्ञान पढाउे ५४ वर्षिया रुस्सोलाई नयाँ वर्षको पूर्वसन्ध्यामा पक्राउ गरिएको हो । अभियोग प्रमाणित भएको खण्डमा उनलाई चार वर्ष लामो काराबास सजाय हुनसक्छ । ती १७ वर्षीय छात्र आफैँले खोप लगाउन चाहेको बताइएको छ ।

यदि सही ढंगले नदिइएको खण्डमा खोप निकै खतरनाक सावित हुनसक्छ । डाक्टर तथा अनुमति प्राप्त स्वास्थ कार्यकर्ताहरूले समेत खोप लगाउनुअघि खोप नक्कली हो वा होइन र त्यसको म्याद यकिन गर्नुपर्दछ । बिरामीको स्वास्थको पृष्ठभूमिबारे पनि सोधिनुपर्दछ भने खोप लगाइसकेपछि तिनीहरूमा देखिने प्रतिक्रियामाथि निगरानी राख्नुपर्दछ ।

प्रहरीले रुस्साले कोभिडको खोप कहाँ बाट प्राप्त गरिन् र त्यसको ब्रान्ड के हो भन्नेबारे अझै स्पष्ट हुन नसकेको बताएको छ । अहिलेअमेरिकामा फाइजर–बायोएनटेकको खोप मात्र अठार वर्ष उमेर मुनिकालाई दिने अनुमति छ । अमेरिकामा कोभिड संक्रमितको संख्या १० लाख पुगेको छ । बीबीसीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*