‘लोडसेडिङ गरिएको छैन, पाँच लाख काठका पोल बिधुत प्रवाहमा बाधक’: कुलमान घिसिङ

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार ०७:४८

हेटौंडा । मकवानपुर सहित देशैभरीका जिल्लामा दैनिक बिधुत आउने र जाने समस्याले उपभोक्ताहरु हैरान बनेका छन् । बिशेषगरी हावाहुरी र बतास आएको समयमा लोडसेडिङ हुने गरेको छ । तर, बिधुतको कमी भएर भने होइन । आम नागरिकका घर र उद्योग कलकारखानामा बिधुत नपुगेर होइनकी देसभरका ग्रामिण क्षेत्रमा पाँच लाख काठका पोल नै लोडसेडिङको मुख्य समस्या बढेको छ ।

धेरैजसो काठ कुहीएको, रुख, बोटबिरुवाले बिधुतका तार छुने लगायतका कारणले पनि बिधुत कटाउनका लागि बाध्य भएको नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

देशैभरी बिधुत पर्याप्त बितरण गर्नका लागि बिधुत आयोजनाहरु निर्माण भईरहेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिकाको कुलेखानी तेस्रोको काम पनि अबको १५ दिन भित्रमा सकिने उहाँले बताउनुभयो ।

देशभरका लाखौ परिवारका घरमा अहिले पनि बिजुली नपुगेका कारण टुकी बत्ति बाल्नका लागि बाध्य भएका छन् । अबको चारबर्ष भित्रमा प्रत्यक घरमा बिजुली पु¥याउने लक्ष प्राधिकरणले राखिएको छ । यसै सन्धर्बमा जनपत्र डटकमका प्रधान सम्पादक हरि हुमागाईंले नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कुलेखानी तेस्रोको काम कहिलेबाट सुरु हुन्छ भनेर सोध्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*