‘कठपुतली’ सँग भिड्न पुगेको ‘चपली हाइट ३’ फेरि सर्‍यो

जनपत्र
१२ पुष २०७८, सोमबार ०६:२७

गत असोज २१ गतेबाट हलहरु खोल्दै गर्दा नेपाल चलचित्र संघले तीन महिना ९पुष २१ गते० सम्म लागू हुने गरी दुई हप्ताको अन्तरमा नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको थियो । तर, पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ भन्दा एक दिन अगाडि ‘चपली हाइट ३’ आउने भएपछि निर्माता कुमारलाई फिल्मको रिलिज सार्न चलचित्र संघले दबाब दिएको थियो ।

आइतवार नेपाल चलचित्र संघले ‘कठपुतली’ र ‘चपली हाइट ३’ का निर्मातालाई एउटै टेवुलमा राखेर छलफल गराएपछि अर्जुन कुमारले फिल्मको रिलिज सार्ने निवेदन संघमा बुझाएका हुन् । उनले चलचित्र संघको निर्णयको सम्मान गर्दै बाध्य भएर आफूले फिल्मको रिलिज सारेको बताए । अब पुष ३० मा यो फिल्मको भिडन्त साउथ सुपरस्टार प्रभासको फिल्म ‘राधे श्याम’ सँग हुनेछ ।

नेपाल चलचित्र संघले पुष २१ गतेसम्म लागू हुने गरी बनाएको नियम र सुविधा ९दुई हप्ताको अन्तरमा नेपाली फिल्म रिलिज गर्ने, हलमा निःशुल्क ट्रेलर र ब्यानर राख्ने, निर्मातालाई पहिलो हप्ता ५५ प्रतिशत शेयर दिने० आउँदो बैशाख १ गतेसम्मलाई लम्बाएको छ । संघका महासचिव अशोक शर्माले फिल्मको रिलिज मिति घोषणा गर्दा संघमा निवेदन दिन निर्मातालाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*