‘भत्काइदिन्छु बाख्राको खोर पनि’ मार्फत प्रकाश ओझाको पुनरागमन

जनपत्र
६ पुष २०७८, मंगलवार ०६:२४

कुनै बेला गायक प्रकाश ओझालाई लोकप्रियताको शिखर चुमाउन सफल भएको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि‘’ नयाँ स्वरुपमा पुनस् दर्शक तथा स्रोतामाझ आएको छ । गीतकार डम्बर बिकेलका शब्दहरुको यो गीतलाई गायक ओझाले नै संगीतबद्ध गरेका छन् ।

सोमबार साँझ यूट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको नयाँ स्वरुपमा शब्द र संगीत उही भए पनि गायनमा केही परिमार्जन गरिएको छ, संगीत संयोजनमा पनि उत्तिकै मेहनत गरिएको छ । गीतको भिडियोलाई निर्देशक वसन्त निरौलाले नयाँ स्वाद दिने प्रयास गरेका छन् ।

ओएसआर डिजिटलको प्रस्तुति रहेको यो कमेडी गीतमाको भिडियोमा गायक प्रकाश ओझाको साथमा कृष्ण शिवाकोटी, बिन्दा खतिवडा, बिनय पौडेल, कमला पौडेल, संचिता मगर, राम कार्की, ललित पहाडी, प्रेम चौधरी , छत्र दाईसहितका कलाकराले अभिनय गरेका छन् । दिब्यराज सुवेदीले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।

यो गीतलाई नयाँ स्वरुपमा तयार पार्नु पर्ने कारणलाई स्ट पार्दै गीतकार डम्बर बिकेल भन्छन्– ‘बालकदेखि वृद्धसम्मका स्रोता, दर्शकमाझ लोकप्रिय यो गीत वर्तमान समयमा पनि अत्यन्तै सान्दर्भिक भएकाले अनि धेरै स्रोता दर्शकले यो गीत पुनः आउनु पर्छ भन्ने आग्रह गरे अनुरुप अहिलेका पुस्ताको निम्ति यो गीत उपहार स्वरुप ल्याएका हौ ।’

‘यो गीतले प्रतिकात्मक रुपमा तत्कालीन राजनीतिक सन्दर्भलाई तथा वर्तमान राजनीतिक सन्दर्भलाई उठान गरि समाज तथा राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउने उदेश्य राखेको छ, गीतकार बिकेल भन्छन्–’ कुनै पनि नागरिकले आफ्नो कर्तव्य पूरा गरिरहँदा राज्यबाट अधिकार पाउँदैन भने उसले राज्यप्रति विरोध जनाउँछ र राज्य भत्काउन अघि सर्छ । यसर्थ, जनभावना बुझेर राज्य सञ्चालन गर्नुपर्दछ भन्ने यो गीतले बोकेको मूल भाव हो । जसरी बाउले बिहे नगरीदिँदा छोरोले बाख्राको खोर भत्काएर विरोध जनाउँछ, त्यसैगरी कर्तव्य पूरा गरेका जनताहरुले अधिकार नपाउँदा बिरोध गरि राज्य भत्काउन अघि सर्छन् । यसर्थ, जनता र सरकार मिलेर देश निर्माणमा लागौँ भन्ने सन्देश यस गीतमा रहेको छ ।’ यो गीतको नयाँ संस्करणमा गायक ओझालाई गायिका बबिना किराँतीले पनि साथ दिएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*