प्रदेश ३ सरकारका महत्वपूर्ण कामले निरन्तर्ता पाउँदै

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार १७:४४

प्रदेश नम्बर–३ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गतबर्षका महत्वपूर्ण कार्यक्रमले निरन्तरता पाएका छन् । आज दिउसो प्रदेश सभा भवनमा प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गतबर्षका महत्वपूर्ण कार्यक्रमले निरन्तरता पाएका छन् ।

चालु आर्थिक बर्षमा प्रदेश सरकारले गरेका महत्वपुर्ण कामले भने आगामी आर्थिक बर्षमा पनि निरन्तरता पाएका हुन् । प्रदेश सरकारले सुरु गरेका पपुलर कामलाई यो पटक पनि निरन्तरता दिइएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । सरकारको महत्वपुर्ण उपलब्धीका रुपमा लिएको एक बिद्यालय एक नर्स कार्यक्रमले निरन्तरता पाएको छ । अब प्रदेशका १ सय १९ वटै स्थानीय तहमा यो कार्यक्रम लागू गरिने छ ।
कार्यक्रम प्रभाबकारी रहेकाले नीजि बिद्यालयका माध्यमिक तहमा पनि यो कार्यक्रम लागू गरिने छ । नीजि बिद्यालयमा भने बिद्यालय आफैले एक जना नर्स राख्नुपर्ने छ ।

प्रदेशका १३ वटै जिललाका माध्यमिक तहका नीजि बिद्यालयले एक जनाका दरले नर्ष अनिवार्य रुपमा राख्नुपर्ने बाध्यकारी ब्यबस्था नीति तथा कार्यक्रमले गरेको छ । त्यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमले पनि निरन्तरता पाउने भएको छ । यो कार्यक्रम प्रदेशका थप स्थानीय तहमा लागू गर्ने तयारी गरिएको हो । बर्षै पिच्छे यो सेवा बिस्तार गर्ने र एक सय १९ वटै स्थानीय तहमा लागू गरिने तयारी प्रदेश सरकारको रहेको छ । स्थानीय तहमा कानुनी सहजकर्ता राख्ने कार्यक्रमलाई पनि थप गर्ने कार्यक्रम छ ।

प्रदेशका एक सय १९ वटै स्थानीय तहमा जनतालाई सहज रुपमा सेवा गर्नेगरी प्रदेशका सबै स्थानीय तहमा यो कार्यक्रम लागू गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको छ । एकिकृत बस्ती बिकाश कार्यक्रम, बिद्युतिय सवारी सञ्चालन गर्ने लगायतका महत्वपुर्ण कार्यक्रमले बढी प्राथमिकता पाउने भएको हो । एकिकृत बस्ती बिकाश कार्यक्रम भने गत बर्षमा मुख्यमन्त्री कार्यालयमा कार्यक्रम राखिएकाले काम गर्नका लागि समस्या भएको र आगामी आर्थिक बर्षमा भने भौतिक पूबाधार बिकाश मन्त्रालयमा बजेट राखिने र केही नीति परिबर्तन गरेर काम गर्ने तयारी गरिएकोे छ । प्रदेशका एक सय १९ वटै स्थानीय तह र १३ वटै जिल्ला जोड्ने सडक निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता पाएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

प्रदेशमा वालबिवाह रोक्ने कामले पनि निरन्तरता पाउने भएको छ । यी महत्वपुर्ण कार्यक्रमलाई अझै थप क्षेत्रमा बिस्तार गरिने र प्रभाबकारी गराउने गरी नीति तथा कार्यक्रममा समेटीएको बताइएको छ । प्रदेश सरकार गठन भएपछी दोस्रो पटक नीति तथा कार्यक्रम ल्याइएको हो । पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रका कामलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिनेगरी नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा मासु, दुध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण बर्ष सफल पार्ने, पुर्बाधार बिकाश लगायतका काम समेटिने गरी नीति तथा कार्यक्रम तयार भएको छ । संघीय सरकारको नारालाई प्रदेश सरकारले साथ दिनेगरी नीति तथा कार्यक्रम ल्याईएको छ । नीति तथा कार्यक्रममा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण गर्ने, कृषिमा स्वरोजगार सृजना गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*