आफ्नै आमाले तीन वर्षिय छोरालाई अचानोमा राखेर दुई टुक्रा बनायो

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार १७:४३

भोजपुरमा एक महिलाले आफ्नै तीन वर्षीय छोराको हत्या गरेकी छिन । भोजपुरको रामप्रसाद राई गाउँपालिका बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने २५ वर्षीया सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
थापाले बच्चालाई आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । प्रहरीले थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*