खरको छानो मुक्त महानगरपालिका, अरु के–के छन् विशेषता ? (पूर्ण पाठ सहित)

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार १७:०२

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक बर्ष २०७६–०७७ मा अबको दुईबर्ष भित्रमा प्रदेशका महानगरपालिका भित्र कुनैपनि परिवार खरको छानो भित्रको झुपडीमा बस्नु नपर्ने भएको छ । महानगरपालिका भित्रमा स्थायी बसोबास गरेका ब्यक्तिहरुका लागि यो नीति प्रदेश सरकारले ल्याएको हो ।

प्रदेश सरकार अन्तरगत तीन वटा महानगरपालिका रहेका छन् । काठमाण्डौ महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिका रहेका छन् । महानगरमा अझैपनि हजारौ परिवार घरको छानोमुनी बस्न बाध्य भएका छन् । उनीहरुका घर खरको छानो मुक्त बनाउन प्रदेश सरकार लागेको पौडेलले बताउनुभयो ।

एकिकृत जग्गा तथा बस्ती बिकाश कार्यक्रमलाई उच्च प्राथमिकताका साथ राखेर काम गरिने भएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकासंग सहकार्य गरेर खानेपानी स्वच्छ खानेपानी सेवा उपलब्ध गराईने भएको छ । खानेपानीका लागि त्यस क्षेत्रमा रहेका खानेपानी बोर्डलाई नै रकम उपलब्ध गराएर काम गर्ने योजना रहेको छ । प्रदेश ३ सरकारले उज्यालो नेपाल अभियानलाई प्राथमिकता दिएको छ ।

त्यसैगरी आगामी दुईबर्ष भित्रमा २ हजार सिट क्षमताको प्रादेशिक सम्मेलन केन्द्रको स्थापना गर्ने तयारी गरिएको छ । सार्बजनिक, नीजि, सहकारीको साझेदारीमा सार्बजनिक बस सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसको सञ्चालनको लागि प्रादेशिक यातायात प्राधिकरणको गठन गरिने छ ।

हरेक स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माणमा प्राथमिकता

प्रदेश ३ भरीका १ सय १९ वटा स्थानीय तहको केन्द्र जोड्ने सडक चार बर्ष भित्रमा संघीय सरकारसंग समन्वय गरेर कालोपत्रे गरेर जोड्ने कार्यक्रम आजको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । बिकाशका दृष्टीले पछाडी परेको र मानब बिकाश सुचाङ्कमा पछाडी परेको रुबिभ्याली गाउँपालिकाको समग्र बिकाशका लागि एकिकृत बिकाश कार्यक्रम लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति-तथा-कार्यक्रम-२०७६-७७ को पूर्ण पाठ
नीति तथा कार्यक्रम २०७६-७७

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*