विकाश कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयमा फलोअप डेस्क स्थापना

बिद्युतिय सवारीमा प्रोत्साहन, एक विद्यालय एक नर्स, मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण, स्थानीय तहमा कानुनी सहजकर्ता, एकिकृत बस्ती बिकाश कार्यक्रम मुख्य प्राथमिकता ।
हरि हुमागाईं
१४ जेष्ठ २०७६, मंगलवार १५:५८

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक बर्ष २०७६–०७७ का लागि आज प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोईराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक बर्षका लागि चाहिने नीति तथा कार्यक्रममा चालु आर्थिक बर्षका केही महत्वपूर्ण कार्यक्रमलाई निरन्तर्ता दिने र आगामी आर्थिक बर्षका लागि अरु केही नयाँ कार्यक्रम थप गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रदेश प्रमुख कोइरालाले केहीबेर नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि अरु सबै कार्यक्रम भने मुख्यमन्त्री पौडेलले प्रस्तुत गर्नुभयो ।



प्रदेश नम्बर ३ सरकारले नीति तथा कार्यक्रम प्रभाबकारी रुपमा सञ्चालन गर्नका लागि फलोअप डेस्क स्थापना गर्ने भएको छ । यस अघि संघीय सरकारले ल्याएका नीति तथा कार्यक्रम र प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा संचालन नभएपछी यसको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि प्रदेश ३ सरकारले फलोअप डेस्कको स्थापना गर्न लागेको हो ।

नीनि तथा कार्यक्रमलाई नतिजामुखी बनाउनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा फलोअप डेस्कको स्थापना गरेर सञ्चालनमा ल्याउने तयारी भएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । कृषि उत्पादनलाई उब्जनी स्थलदेखि बजारसम्म पु¥याउन पहुँच स्थापित गर्ने काम गरिने भएको छ । किसानलाई ध्यानमा राखेर कृषि सडक निर्माण निर्माणलाई प्राथमिकता दिने सरकारको योजना छ । प्रत्येक जिल्लामा कम्तीमा एक–एक वटा एकिकृत कृषि पर्यटन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले सार्बजनिक प्रशासनमा शासकीय स्वच्छता कायम गर्न भ्रष्टाचार बिरुद्धको रणनीति २०७५–७९ जारी गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । भ्रष्टाचार बिरुद्धको अभियानलाई थप परिणममुखी बनाइने सरकारको योजना छ ।

हरेक स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माणमा प्राथमिकता

प्रदेश ३ भरीका १ सय १९ वटा स्थानीय तहको केन्द्र जोड्ने सडक चार बर्ष भित्रमा संघीय सरकारसंग समन्वय गरेर कालोपत्रे गरेर जोड्ने कार्यक्रम आजको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । बिकाशका दृष्टीले पछाडी परेको र मानब बिकाश सुचाङ्कमा पछाडी परेको रुबिभ्याली गाउँपालिकाको समग्र बिकाशका लागि एकिकृत बिकाश कार्यक्रम लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बिद्युतिय सवारीमा प्रोत्साहन, एक विद्यालय एक नर्स, मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण, स्थानीय तहमा कानुनी सहजकर्ता, एकिकृत बस्ती बिकाश कार्यक्रम मुख्य प्राथमिकता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*